प्रधानमन्त्री ओलीद्वारा एकैपटक १६५ वटा सडकको शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ वटा सडकको शिलान्यास गर्नु भएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित विशेष समारोहमार्फत १६५ वटै संघीय निर्वाचन क्षेत्रमा सडक शिलान्यास गर्नु भएको हो ।

हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले स्वीच थिचेर एकैपटक १६५ वटा सडक निर्माणको शुभारम्भ गर्नु भएको हो ।

गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गर्नु भएको थियो ।


प्रकाशित | २१ चैत्र २०७७, शनिबार १५:२६