कालिञ्चोक गाउँपालिकाको ‘आवधिक योजना तयारी गोष्ठी’ काठमाडौंमा सम्पन्न

काठमाडौं : दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकाले काठमाडौंमा बसोबास गर्ने गाउँपालिकाबासीसँग ‘आवधिक योजना तयारी’ का लागि गोष्टी आयोजना गरेको छ । जिल्लाका सांसददेखि जनप्रतिनिधि तथा दलका नेताहरुसम्म सहभागि गोष्ठीमा गाउँपालिकाका काठमाडौंमा विभिन्न पेशा ब्यवसाय सञ्चालन गरि बसोबास गर्ने ब्यक्तीहरुले आवधिक योजना तयारी गोष्ठीमा आ-आफनो धारण ब्यक्त गरेका थिए ।

आवधिक योजना तर्जुमा गोष्ठीमा सहभागिहरुले समग्र गाउँपालिकाको विकासमा केन्द्रित भएर विभिन्न राय, सुझाव पेश गरेका थिए । गोष्ठीमा बढी गाउँपालिकाको केन्द्र विवाद छिटो सल्टाउन पनि वक्ताहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा प्रदेश ३ का सचिव आनन्द प्रसाद पोखरेल,  दोलखाका प्रदेशसभा सांसद पशुपति चौलागाई, विशाल खडका, पूर्व राज्य मन्त्री देवी खडका, लगानी बोर्डका सदस्य तथा नेकपाका नेता बालकृष्ण शिवाकोटी, जिल्ला समन्वय समिति दोलखाका संयोजक डवल पाण्डे, नेकपा जिल्ला सचिव गोपाल पाण्डे, कांग्रेसका जिल्ला नेता सन्तोष पाण्डे, नेकपा नेता नरबहादुर प्राखिनलगायतको सहभागिता थियो ।

गाउँपालिका अध्यक्ष बिन कुमार थामीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कालीका पाठकलगायत गाउँपालिकाका विभिन्न पेशा ब्यवसायमा आबद्ध सयौको संख्यामा सहभागिता रहेको थिथो । कार्यक्रममा नेताहरुले गाउँपालिकाको केन्द्र विवाद चाँडै सल्टिने धारण ब्यक्त गर्नुभएको थियो ।


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार २१:५८