चट्याङ लागेर एकको मृत्यु

प्यूठान : प्यूठानमा चट्याङ लागेर एक जना वृद्धाको ज्यान गएको छ । आइतबार राति नौबहिनी गाउँपालिका–५ डाम्रीमा चट्याङ लागेर स्थानीय ६४ वर्षीय गोठी बुढामगरको मृत्यु भएको हो । उनलाई घरमा ल्याएर उपचार गर्न लैजाने तयारी गर्दागर्दै राति मृत्यु भएको प्रहरीले बताएको छ । स्थानियका अनुसार, चट्याङमा परेर ३ बोका र ४ बाख्रा समेत मरेका छन् ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार १२:१४