बैदेशिक नीतिलाई प्रभावकारी बनाउन आगामी असार २४ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन

काठमाडौँ: सरकारले नेपालको बैदेशिक नीतिबारे राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । परराष्ट मन्त्रालयको आयोजनामा आगामी असार १४ गते हुने भएको हो । विदेश नीतिबारे राष्ट्रिय सम्मेलनमा संघीय संसदमा सांसदहरु, बिभिन्न क्षेत्रका विज्ञहरु, राजनीतिक दलका नेताहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु, नीजि क्षेत्रको सहभागिता हुने परराष्टमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी गराउनुभएको छ । उक्त सम्मेलनमा विगतमा नेपालको विदेश नीति कस्तो हुनुपर्छ भनेर भएका अध्ययनप्रतिवेदन लगायतका विषयमा पनि छलफल हुनेछ ।

मन्त्री ज्ञवालीले भन्नुभयो, ‘समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई राष्ट्रको मूल संकल्प बनाएर देश अगाडि बढेको छ । यो परिवर्तित सन्दर्भमा हाम्रो विदेशनीतिलाई अझ बढी प्रभावकारी बनाउन जरुरी छ । त्यसका निम्ति विभिन्न क्षेत्रको सुझाव लिनका लागि विदेशनीतिबारे राष्ट्रिय सम्मेलन गर्न लागएको छ ।’


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार १६:५५