विश्वकप क्रिकेट: दक्षिण अफ्रीका र बंगलादेश भिड्दै

एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रीका र बंगलादेश भिड्दैछन् । आज एक खेल हुँदैछ । लण्डनमा आइतबार हुने एक मात्र खेलमा दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३: १५ मा सुरु हुनेछ। केनिङटन ओभलमा दुवै टोली जित निकाल्दै विश्वकपमा उत्कृष्ट सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।

पहिलो खेलमा दुवै टिम २ अंक जोड्न चाहन्छ । तुलनात्मक रुपमा बंगलादेश भन्दा दक्षिण अफ्रिकी टोली बलियो देखिएको छ । तर, बंगलादेशले पहिलो खेलमा दक्षिण अफ्रीकालाई कडा चुनौती दिने बताएको छ । पहिलो खेलमा मैदान उत्रदा बंगलादेशलाई तमिम इकबालको चोटले सताउने छ । इकबाल पहिलो खेल खेल्ने नखेल्ने अझै दोधार रहेको छ ।

यता, दक्षिण अफ्रीकाक डेल स्टेनले पहिलो खेल गुमाउने छन् । विश्वकपमा यसअघि आयोजक इंग्ल्याण्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड र वेष्ट इण्डिजले विजयी सुरुवात गरिसकेका छन् ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार ११:२५