एनआरएनए जापानले गर्यो पूर्व मन्त्री महतको सम्मानमा विशेष कार्यक्रम

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले नेपाल सरकारका पुर्व परराष्ट्र मन्त्री तथा नेपाली कॉंग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतको सम्मान तथा स्वागतमा एक विशेष कार्यक्रम आयोजना गरेको छ ।  रात्री भोजको आयोजना गर्दै एनआरएनले विशेष कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा आईसिसि अध्यक्ष भवन भट्ट, प्रवक्ता भुषण घिमिरे, युवा संयोजक सुदन थापा, एसिया प्यासिफिक संयोजक किरण बिक्रम थापा, आईसिसि सदस्यद्वय ओम गुरुङ र महेश कुमार श्रेष्ठ सहित नेपाली जनसम्पर्क समिति जापानका सभापति तथा एनआरएन  जापानका संरक्षक रोशन  केसी , नेपाली जनसम्पर्क समिति जापानका पुर्व सभापति तथा एनआरएनए जापानका सल्लाहकार नारायण सुवेदी,  कार्यसमितिबाट अध्यक्ष टासि वाङदी लामा, बरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी, उपाध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष सरोज कुमार खत्री, महिला उपाध्यक्ष अनीता गुरुङ, महालचिव बुद्धि राज घिमिरे, सचिव जनक बिक्रम थापा, कोषाध्यक्ष कालिका थापा, सहकोषाध्यक्ष अनिल थापा, युवा संयोजक लेलिन भट्टचन , महिला संयोजक सविता श्रेष्ठ ,सदस्य आशिष रावल,सचिन श्रेष्ठ र महिला सदस्य संगिता अधिकारीको उपस्थिति रहेको थियो।

कार्यक्रममा आईसिसि अध्यक्ष लगायत आईसिसि पदाधिकारीहरुले फुलको गुच्छाले स्वागत गर्नु भएको थियो भने एनसिसिले खादा लगाएर सम्मान गरेको कार्यक्रममा सभापतित्व अध्यक्ष टासि वाङदी लामाले गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण महासचिव बुद्धि राज घिमिरेले गर्नु भएको थियो।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार २०:३७