ट्रक र बस ठोक्किँदा दुईको जनाको मृत्यु

सिरहा: सिरहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गएराति करीब १०ः२५ बजे बस र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने २५ जना घाइते भएका छन् ।

पूर्वबाट काठमाण्डौ हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा बसमा रहेका सबै २५ यात्रु घाइते भएका छन् । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक दुवैको सनाखत नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ । रासस


प्रकाशित | १० जेष्ठ २०७६, शुक्रबार ११:३९