‘ओएसी माउन्टेन फेस्टिभल’ जुन ३ मा गर्ने घोषणा

काठमाडौं : आउटडोर एडभेन्चर सेन्टर नेपालको आयोजनामा आगामी जुन ३ अर्थात जेठ २० गते ‘ओएसी माउन्टेन फेस्टिभल’ को दोस्रो संस्करण कार्यक्रम हुने भएको छ । कार्यक्रम संयोजक सोनाम जाङ्बु शेर्पाका अनुसार बसन्त ऋतुमा लामो समय हिमाल र त्यस क्षेत्रमा खटी आरोहणलाई सफल पार्न भूमिका निर्वाह गर्ने शेर्पाहरु र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आरोहीहरुलाई स्वागत गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

ठमेलमा विभिन्न कार्यक्रमका साथ आयोजना गर्न लागिएको कार्यक्रमको तयारी तीब्र पारिएको संयोजक शेर्पाले जनाउनुभयो । सो अवसरमा आरोहीहरुको खुसी तथा अनुभव साँटासाँट गराउने, आरोहणका क्रममा खिचिएका र लिइएका तस्वीर र भिडियोहरुको प्रदर्शनी, एडभेन्चर मुभी स्क्रिनिङ्ग, सांगीतिक कार्यक्रमका साथै पर्वतारोहणका क्षेत्रमा सफल व्यक्तित्वहरुलाई प्रकाशमा ल्याउने कार्यक्रम सञ्चालन गरिने छ । त्यस्तै, आरोहणका क्रममा प्रयोग गरिएका सामाग्रीहरु मायाको चिनोको रुपमा प्रदान गर्ने, लाइभ ब्यान्ड पफोर्मेन्स लगायतका कार्यक्रम रहेको संयोजक शेर्पाले बताउनुभयो ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १५:५३