मनपरी लेख्नेलाई नियन्त्रण गर्न जरुरी छ, तर सञ्चार क्षेत्रलाई नै असर पुग्ने गरी विधेयक आउदैन: माधव नेपाल

दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले सञ्चार माध्यममा मनपरी लेख्नेलाई नियन्त्रण गर्न जरुरी रहेको बताउनुभएको छ । नेता नेपालले भन्नुभयो, ‘मनपरी लेख्नेलाई नियन्त्रण गर्न जरुरी छ, तर सञ्चार क्षेत्रलाई नै असर पुग्ने गरी विधेयक आउदैन ।’ प्रेस सङ्गठन दाङको आयोजनामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले मिडियासम्बन्धी विधेयक पत्रकारको हित विपरीत भए सच्याउनुपर्ने बताउनुभयो । उहाँले सो विधेयकको विषयमा पार्टी भने कुनै छलफल नगरी ल्याइएकोमा समेत गुनासो गर्नुभएको छ ।

उहाँले पछिल्लो समय सञ्चार संस्थामा देखिएको मनपरीलाई भने सच्याउन आवश्यक रहेको विचार राख्दै भन्नुभयो, ‘पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएको विकृतिलाई रोक्नका लागि पत्रकारका नेता र राज्यका निकाय अग्रसर हुनुपर्छ । तर जे पायो त्यही मनपरी लेख्ने प्रवृत्तिको अन्त्य भने गर्नैपर्छ ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १३:१९