त्रिशुली बस दुर्घटना अपडेट: ज्यान गुमाउनेको संख्या सात पुग्यो

धादिङ : झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । मृत्यु हुनेमा काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्य रहेको प्रहरीले जनाएको छ । यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको परिचय खुले पनि ठेगाना खुलेको छैन । घाइते मध्ये १७ जनाको काठमाण्डौको ट्रमा सेन्टर तथा अन्यको धादिङको गुजरी र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार १२:१५