हावाहुरी प्रभावीतको सहयोगको लागि राहत संकलनमा जुट्यो एनआरएन कोरिया

काठमाडौ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाले हावाहुरी प्रभावीतको सहयोगको लागि राहत संकलन कार्य शूरु गरेको छ । एनआरएन कोरिया अध्यक्ष लक्ष्मी गुरुङले एक प्रेस बिज्ञप्ति जारी गर्दै राहत संकलनमा सबैमा जुट्न आह्रवान गरिएसँगै संकलन कार्यको थालनी गरिएको छ ।

आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीका कारण दर्जनौको ज्यान गएको थियो भने सयौको संख्यामा घाइते भएका थिए । कोरियाले पीडितलाई राहत सहयोग गर्ने उद्देश्यले संकलन अभिायन शूरु गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

एनआरएनए दक्षिण कोरियाले विज्ञप्ति प्रकाशित गर्दै सहयोग गर्न कोरियामा बसोबास गर्ने नेपालीहरूलाई अपिल समेत गरेको छ । विज्ञप्तिमा मृतकको परिवारजनलाई धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरून् भन्ने कामना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ । साथै एनआरएनए दक्षिण कोरियाका प्रवक्ता अशोक मैनालीले हावाहुरीबाट पीडित ब्यक्तीहरुको राहत संकलनमा सहयोग गर्न सबैमा आह्रवान गर्नुभएको छ ।


प्रकाशित | १८ चैत्र २०७५, सोमबार २०:२५