तातोपानी नाका जोडने मितेरी पुल पुननिर्माण अन्तिम चरणमा: नाका १७ जेठदेखि खुल्दै

काठमाडौं: चीनसँगको सीमा जोड्ने लिपिङस्थित मितेरी पुल पुननिर्माण अन्तिम चरणमा पुगेको छ । अर्को साता पुल उद्घाटन गर्ने तयारी गरिएको छ ।  भूकम्प र भोटेकोसीमा आएको बाढीले मितेरी पुल भत्किएको थियो । चिनको तियानसुन रोड एन्ड ब्रिज कम्पनीले यसको पुननिर्माण गरिरहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा रामकृष्ण थापाले लेखेका छन् । १० जेठमा चिनियाँ सरकारलाई पुल हस्तान्तरण गरिने जनाएको छ । त्यस्तै, १७ जेटमा चिनियाँ सरकारलाई पुल हस्तान्तरण गरिने जनाएको छ ।


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार ०८:५३