पहिलो पटक लिच्ची महोत्सव हुँदै

झापाः झापाको बिर्तामोडमा पहिलो पटक लिच्ची महोत्सव आयोजना गरिने भएको छ । बिर्तामोडको कनकाई एजुकेशन फाउण्डेसनले जेठ ४ देखि ६ गतेसम्म लिच्ची महोत्सव आयोजना गर्ने भएको हो । फाउण्डेशनका संस्थापक जयनारायण ढुंगानाकाअ नुसार बिर्तामोड–२ को १५ विघा क्षेत्रफलमा उत्पादन गरेको लिच्ची बगानमै महोत्सव आयोजना गर्न लागिएको हो । अहिले लिच्ची खाने समय भएकाले महोत्सवमा सहभागी हुनेले १०० रुपैयाँ प्रवेश शुल्क तिरेपछि आफैँ टिपेर अघाउँन्जेल लिच्ची खान पाउनेछन ।


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार १६:०८