उद्दार र घाइतेको उपचारमा कुनै कमी आउन नदिन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का बारा र पर्सा जिल्लामा हावाहुरीका कारण ज्यान गुमाउनेप्रति शोक ब्यक्त गर्दै उद्दारमा गम्भीर हुने र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले आइतबार साँझ दुई जिल्लामा आएको हुरीमा परेर ज्यान गुमाउनेहरूप्रति शोक व्यक्त गर्नुभएको हो ।

सामाजिक संजाल ट्विटर मार्फत प्रधानमन्त्रीले बारा र पर्सामा ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै उद्दारका लागि सुरक्षाकर्मी खटाइसकिएको र उद्धार कार्यमा कुनै कसुर बाँकि नराख्न निर्देशन दिनुभएको थियो । उहाँले लेख्नुभएको छ, ‘उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको छ।’


प्रकाशित | १८ चैत्र २०७५, सोमबार ०६:२७