विश्वभर १७ लाख ९६ हजार बढी कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । विश्वभर १७ लाख ९६ हजार बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुधबार बिहानसम्म कोरोनाबाट १७ लाख ९६ हजार २६९ जनाले ज्यान गुमाएका हुन् ।
विश्वमा संक्रमित रहेका २ करोड २१ लाख ९३ हजार ७९१ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १ लाख ५ हजार ९३९ को स्वास्थ्य अवस्था गभ्भीर छ ।
अहिलेसम्म ५ करोड ८३ लाख ३१ हजार २९८ जनाले कोरोनालाई जितेका छन् ।


प्रकाशित | १५ पुष २०७७, बुधबार ०८:४८