सामान्य ज्ञान र त्यसको उत्तर

दुर्गा न्यौपाने

. भारतको १७औं लोकसभा निर्वाचनमा कुन पार्टीको गठबन्धनले बहुमत हासिल गरेको छ ?

  • भारतीय जनता पार्टी (७ चरणमा ३९ दिन लगाई गरिएको निर्वाचनमा भारतीय जनता पार्टी गठबन्धन ३४९ सिटमा जसमध्ये भाजपा ३०३ र कंग्रेस गठबन्धन ८८ सिटमा जसमध्ये कंग्रेस ५२ सिटमा विजयी भएको छ ।)

. नेपाली कांग्रेसद्वारा छाया सरकारको गठन कहिले भयो ?

  • २०७६ जेठ ६ गते (२१ सदस्यीय सरकार,नेपालमा पहिलोपटक २०४८ सालमा पहिलोपटक तत्कालीन एमालेले छाया सरकारको गठन गरेको थियो ।)

३. २०७६ जेठ ४ मा मनाइएको बुद्ध जयन्ती कतिऔँ बुद्धजयन्ती हो ?

  • २५६३ औँ

४. मध्य पहाडी लोकमार्गअन्तर्गत बिछ्याइने अप्टिकल फाइबर कति जिल्लामा सञ्जाल विस्तार गरिने भएको छ ?

  • ३२ जिल्लामा (२०७६ जेठ ६ गते प्र.म के.पि शर्मा ओलीद्वारा औपचारिक शुभारम्भ,२ वर्षभित्र सम्पन्न हुने, पाँचथरको चियो भन्ज्याङदेखि गोरखाको आरुघाटसम्म २१७९ किमि)

. विश्व दूरसञ्चार दिवस कहिले मनाइन्छ ?

  • मे १७ (सन २००५ देखि मनाउन थालिएको)

. इन्डोनेसियाको राष्ट्रपतिमा दोस्रो कार्यकालको लागि को निर्वाचित भएका छन् ?

  • Joko Widodo

७. BBC Women Footballer Of The Year 2019 को उपाधि कसले जितेकी छिन् ?

एडा हेगर बर्ज (नर्वेकी राष्ट्रिय फुटबल खेलाडी, BBC ले २००५ देखि प्रत्येक वर्ष यो उपाधि दिँदै आएको छ ।

८. राष्ट्रपतिद्वारा युगकवि सिद्धिचरण पुरस्कार–२०७६ कसलाई प्रदान भयो ?

  • ध्रुवचन्द्र गौतम

. सरकारले प्रत्येक वर्ष कहिले राष्ट्रिय महिला अधिकार दिवस मनाउने निर्णय गरेको छ ?

  • जेठ १६ गते (२०७६ जेठ ०९ गतेको मन्त्रिपरिषद्को निर्णय)

१०. हालै प्रकाशित ब्ल्याकहोलको तस्बिर खिच्न सफल महिला को हुन् ?

  • Katie Bouman (२९ वर्षीय अमेरिकन कम्प्युटर वैज्ञानिक, पृथ्वीमा रहेको कुनै पनि दुरबिनले एक्लैले ब्लाकहोलको तस्बिर खिच्न सक्दैन ।)

११. अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०१९ मे २२ को नारा के रहेको छ ?

  • ‘खाद्यान्न र स्वस्थ्य जीवनका लागि जैविक विविधता’

१२. पृथ्वीको धरातलाई कतिवटा हावाका चाप पेटिकामा विभाजन गरिएको छ ?

  • ७ ओटा (४ उच्च चाप र ३ निम्न चाप, यसले विश्वव्यापी वायु र हावापानी निर्धारण गर्दछ ।)

१३. सरकारले २०७६ लाई कुन अभियान लिएर संघ, प्रदेश र स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ?

  • लैंगिक हिंसाविरुद्धको अभियान

१४. दुर्लभ वन्यजन्तु हाब्रेको प्रजनन केन्द्र कहाँ स्थापना गरिएको छ ?

  • इलामको सन्दकपुर

१५. ब्रिक्सको ११औँ सम्मेलन २०१९ मा कुन देशमा हुँदै छ ?

  • ब्राजिल (१०औँ २०१८ मा दक्षिण अफ्रिकाको जोहानसवर्गमा भएको थियो ।)

१६. नेपालको संविधान २०७२ बमोजिम नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार को हुने व्यवस्था रहेको छ ?

  • महान्याधिवक्ता (भाग १२, धारा १५७–१६१ सम्म महान्यायाधिवक्ता को व्यवस्था रहेको छ ।)

१७. नेपालको नयाँ राष्ट्रिय गानको सार्वजनिक कहिले भएको हो ?

  • २०६४ साउन १८

१८. Father Of Microbiology भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ?

  • लुई पास्चर

१९. अफ्रिका महादेशमा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ?

  • भेल्ड

२०. नेपाल सरकारद्वारा प्रदान गरिने अलंकारहरू कतिवटा छन् ?

  • ९ वटा

२१. नेपालले सर्वप्रथम कुन देशसँग श्रम सम्झौता गरेको थियो ?

  • कतार

२२. सार्कले कुन वर्षलाई वातावरण वर्षका रूपमा मनाएको थियो ?

  • सन १९९२

२३. नेपालमा भौगर्भिक विभागको स्थापना कहिले भएको थियो ?

  • २०२४ सालमा

२४.Blue and Bear केसँग सम्बन्धित छ ?

  • सेयर बजार

२५. ‘मेरो रगत फ्रान्सको समृद्धिको कारण बनोस्’ यो भनाइ कसको हो ?

  • लुई सोह्रौँ                                                                                                                                 नयाँ पत्रिका दैनीक

प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार १०:१३