भियतनामी प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री ओलीको सम्मानमा रात्रिभोज

भियतनाम : भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार रात्रिभोजमा सरिक हुनुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुऐन जुवान फुकद्वारा उहाँको सम्मानमा आयोजित रात्रिभोजमा सरिक हुनुभएको हो । रात्रि भोजमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित हुनुहुन्थ्यो । साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद र उच्चपदस्थ सरकारी कर्मचारीको सहभागिता रहेको थियो । रासस


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ०८:३०