एनआरएनए उपाध्यक्ष पदमा डा. केशव पौडेलको उम्मेदवारी दर्ता, एनआरएन मन्त्रालय स्थापनाको विषयलाई टुंगोमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौं:  गैर आवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको डा. पौडेलले महेश श्रेष्ठलाई अध्यक्षमा समर्थन गर्दै उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको हो ।

डा. पौडेलले प्रस्तावक विश्वनाथ बराल र गोमा सेन तथा रामहरि अधिकारी र वासुदेव भट्टको समर्थनमा आइतबार उम्मेदवारी दर्ता गर्नुभयो ।

उम्मेदवारी दर्ता गराउँदै पौडेलले गैर आवासीय मताधिकार र गैर आवासीय मुद्दा सम्बोधनका लागि एनआरएनए मन्त्रालय स्थापनाको विषयलाई टुंगोमा पुर्याउन आफू दिलोज्यानले लाग्ने बताउनुभयो ।

उहाँले गैर आवासीय नेपाली संघमा पारदर्शीताको विषयलाई प्रमुखताका साथ उठाउने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । एनआरएनए अमेरिकामा दुई कार्यकाल नेतृत्व गर्नु भएको डा. पौडेल हाल महासचिव हुनुहुन्छ ।


प्रकाशित | २९ आश्विन २०८०, सोमबार २२:१७