स्मरणशक्ति बढाउन यसो गर्नूस

उमेर ढल्किँदै जाँदा स्मरणशक्ति कमजोर हुन्छ । तर आजकल त सानो उमेरका मानिसको स्मरण शक्ति पनि कमजोर भइरहेको छ । तनाव, खराब जीवनशैली तथा खानपान अनि अपूरो निद्राले दिमागमा दबाब परेर स्मरणशक्ति नाश गराउन भूमिका खेल्छ । स्मरण शक्ती बढाउन यसो गर्नुस

बदाम

दिमाग तेज बनाउन बदाम एकदमै प्रभावकारी हुन्छ । चारपाँचवटा बदाम रातभरि भिजाएर राख्नुस् अनि बिहान तिनको बोक्रा निकालेर तिनीहरूलाई मज्जाले पिँधेर पेस्ट बनाउनुस् । त्यो पेस्टलाई एक गिलास तातो दूधमा मिसाउनुस् र त्यसमा एक चम्चा मह पनि हाल्नुस् । दिनदिनै यसको सेवन गर्नुपर्छ । याद गर्नुस्, यो मिश्रण पिएको दुई घन्टासम्म केही पनि खानुहुँदैन ।

भिटामिन

दिमागको स्वास्थ्यका लागि भिटामिन अत्यावश्यक तत्त्व हो । यसको अभावमा शरीरमा खराब असर पर्छ अनि स्मरणशक्ति पनि कमजोर हुन्छ । त्यसैले भिटामिनयुक्त आहार जस्तै हरियो तरकारी र साग, अमिला फलफूल, भटमास जस्ता कुरा खानुस् । शरीरमा भिटामिन टन्न हुँदा तनाव पनि कम हुन्छ अनि एकाग्रता पनि बढ्छ ।

स्याउ

स्याउमा पेक्टिन नामक विशेष फाइबर पाइन्छ । यसले पाचनलाई सहयोग गर्ने प्रोटिन बढाउँछ अनि स्मरण शक्ति पनि तेज गराउँछ । तीखो दिमागका लागि दिनको एउटा स्याउ खाने गर्नुस् । तपाईंको स्मरण शक्ति पनि बढ्छ अनि ठूलाठूला रोगबाट पनि बच्नुहुन्छ ।

बेसार

बेसारले शरीरका साथसाथै दिमागलाई पनि तन्दुरुस्त बनाउँछ । यसमा भएको कुरकुमिन नामक रासायनिक तत्त्वले दिमागका कोेशिकालाई तन्दुरुस्त बनाउँछ र स्मरणशक्ति बढाउँछ ।

दही

दहीमा पाइने प्रोटीन, कार्बोहाइड्र, खनिज, लवण, क्याल्सियम र फस्फोरसले शरीरका हानिकारक जीवाणुलाई नष्ट गर्छ । यसमा भएको अमिनो एसिडले तनाव हटाउँछ र स्मरणशक्ति बढाउँछ ।

योग र ध्यान

नियमित योग र ध्यानको बानी बसाल्दा शरीरका साथसाथै दिमागलाई पनि फाइदा पुग्छ । यसले अनेकौं रोगबाट मुक्ति दिन्छ, दिमाग तीखो बनाउँछ र स्मरणशक्ति पनि बढाउँछ । एकाग्रता पनि ल्याउँछ ।


प्रकाशित | २८ बैशाख २०७६, शनिबार ११:१७