ख्वप विश्वविद्यालय विरोधी देखाउन खोजेकोप्रति सांसद दुर्लभ थापाको आपत्ति,’राजनीतिक स्वार्थ सिद्ध गर्न दुष्प्रचार गरियो’

भक्तपुर: भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले ख्वप विश्वविद्यालयका सम्बन्धमा आफ्नो धारणा स्पष्ट पार्नु भएको छ । ख्वप विश्वविद्यालयको बिषयलाई लिएर नेमकिपाले राजनीतिको रोटी सेकिरहेको भन्दै सांसद थापाले आफूलाई विश्वविद्यालय बिरोधी देखाउन खोजेको प्रति आपत्ति प्रकट गर्दै आफू विश्वविद्यालय विरोधी नभएको स्पष्टीकरण दिनु भएको हो ।

‘ख्वप विश्वविद्यालय कुनै एक अमुक पार्टी र भक्तपुर नगरपालिकाको मात्र नभई सिंगो भक्तपुरबासी र भक्तपुरका सबै राजनीतिक दलहरुले अपनत्व लिन सक्ने हुनुपर्ने’ भन्ने धारणा आफूले राखेको सांसद थापाले स्पष्ट पार्नुभयो ।

नेमकिपाको मुखपत्र मजदुर दैनिकमा प्रकाशित पाठक पत्रमा आफूले बोलेको विषयलाई एक जनप्रतिनिधि भनी छद्मभेषी नाममा विषयान्तर गर्ने प्रयास भएको र सफेद झुठ बोली आफुलाई ख्वप विश्वविद्यालय विरोधी देखाएर राजनीतिक स्वार्थ सिद्ध गर्ने दुस्प्रयास गरिएको उहाँको भनाई छ ।

जिल्ला समन्वय समिति भक्तपुरले भदौ १७ गतेदेखि १९ गतेसम्म जिससको सभाहलमा आयोजित वार्षिक समिक्षा बैठकमा ‘ख्वप विश्वविद्यालय कुनै एक अमुक पार्टी र भक्तपुर नगरपालिकाको मात्र नभई सिंगो भक्तपुरबासी र भक्तपुरका सबै राजनीतिक दलहरुले अपनत्व लिन सक्ने हुनुपर्ने’ भन्ने धारणा आफूले राखेको उहाँले स्पष्ट पार्नु भएको छ ।

आफू भक्तपुरको सांसद भएको र भक्तपुरमा अरुपनि सांसद रहेको भन्दै निर्वाचन जितेको ९ महिना बितिसक्दा पनि भक्तपुर नगरपालिकाले जिल्लाका संघीय र प्रदेश सांसद, अन्य नगरपालिकाका प्रमुख, उपप्रमुखहरुलाई ख्वप विश्वविद्यालयको अवधारणा, यसको उद्देश्यका बारेमा कुनै जानकारी नदिएको, एक पटक पनि छलफलको लागि नबोलाएको अवस्थामा कसरी ख्वप विश्वविद्यालय स्थापनाको लागि संसद र अन्य निकायमा आवाज उठाउने ? भनी प्रश्न गर्नु भएको छ ।

सांसद थापाले छद्म नाममा प्रकाशित पाठक पत्रमा आफू सँग सम्बन्धित नै नभएको विषय समेत उठान गरेर बदनाम गराउने षडयन्त्र गरिएको भन्दै दुख व्यक्त गर्नुभयो । “के बागमती प्रदेशको बजेट मैले हाल्ने हो ? यसको बजेट बाँडफाँडमा मेरो भूमिका रहन्छ ? प्रदेश सरकारको काम कारवाहीमा संघीय  सांसदको कुनै भूमिका नहुने स्पष्ट हुँदा हुँदै पनि जबरजस्ती उक्त विषय उठान गर्नु मलाई बदनाम गराउने दुषित मनसाय सिवाय अरु हुन सक्दैन”, उहाँले भन्नुभयो ।

ख्वप विश्वविद्यालयको पक्षमा आवाज उठाउन पहिला अपनत्व हुनुपर्ने उल्लेख गर्दै उहाँले भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालयको बारेमा सबै राजनीतिक दल र जिल्लाबाट संघिय संसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग र अन्य नगरपालिकाका प्रमुखहरुसँग पछि छलफल गर्न र सबैलाई अपनत्व ग्रहण गर्न सकिने वातावरण बनाउन आग्रह र सुझाव दिएको उहाँको भनाई छ ।

”एक जनप्रतिनिधि भनी छद्मनामधारी व्यक्तिले आफ्नो आसयलाई बंग्याएर विश्वविद्यालयमा भाग खोजेको, भागवण्डाको राजनीति गर्न खोजेको जस्तो आरोप लगाउनु ख्वप कलेज लगायतका शैक्षिक संस्थामा आफुले खाईपाई आएको र आफुले एकलौटी गर्दै आएको भाग खोसिएला भन्ने डर सिवाय अरु केही होइन ” उहाँले भन्नुभयो ।

भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टी शैक्षिक संस्थामा राजनीति गर्नुहुँदैन भन्ने तर भक्तपुर क्याम्पस लगायत देशभरका अन्य क्याम्पसहरुको स्ववियु र प्राध्यापक संघको निर्वाचनमा भाग लिने, भागवण्डा गर्ने गर्दै आएको घाम जस्तै छर्लङ भएको उहाँको भनाइ छ ।

“भक्तपुर नगरपालिकाले सञ्चालन गरेको शैक्षिक संस्थामा नेमपिकाले पार्टीको विचार प्रचार प्रसार गर्ने कार्यक्रम गर्छन । विद्यार्थीहरुलाई नेमकिपा राजनीतिक कार्यक्रममा सहभागी गराउँछन । शिक्षक, कर्मचारीहरुसँग पार्टीका लागि लेभी उठाउँछन । तर त्यही शैक्षिक संस्थाहरुमा अन्य दलका विचारलाई निषेध गरिएको छ । यो पनि सत्य हो,” उहाँले प्रश्न गर्नुभयो, “के भक्तपुर नगरपालिकामा नेमकिपाको एकल प्रतिनिधित्व छ भन्दैमा उसले सञ्चालन गरेका शैक्षिक संस्थाहरु नेमकिपाको पेवा हो ? के नारायणमान बिजुक्छेंको मात्र भक्तिगान गाउनुपर्ने संस्था हो ?”

“नेमकिपा र यसका अध्यक्ष बिजुक्छें विद्यार्थीहरुलाई राजनीतिक प्रशिक्षण दिनुपर्ने, विद्यार्थीहरुले पनि राजनीतिमा चासो राख्नुपर्ने, युवा विद्यार्थीहरुलाई राजनीति शास्त्र अध्ययन गराउनुपर्ने विचार राख्छन । के यो विचार नेमकिपाको सिद्धान्त मात्र पढ्नु र पढाउनुपर्छ भन्ने हो ? राजनीतिक भनेको नेमकिपा र उसको विचार मात्र हो ? भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शैक्षिक संस्थाहरुमा अन्य राजनीतिक दलका विचारहरु पठनपाठन गराउन बन्देज हो ?”, उहाँले भन्नुभयो ।

सांसद थापाले छद्म नाममा प्रकाशित पाठक पत्रमा आफू सँग सम्बन्धित नै नभएको विषय समेत उठान गरेर बदनाम गराउने षडयन्त्र गरिएको भन्दै दुख व्यक्त गर्नुभयो । “के बागमती प्रदेशको बजेट मैले हाल्ने हो ? यसको बजेट बाँडफाँडमा मेरो भूमिका रहन्छ ? प्रदेश सरकारको काम कारवाहीमा संघिय सांसदको कुनै भूमिका नहुने स्पष्ट हुँदा हुँदै पनि जबरजस्ती उक्त विषय उठान गर्नु मलाई बदनाम गराउने दुषित मनसाय सिवाय अरु हुन सक्दैन ।” उहाँले भन्नुभयो ।

नेपालका कम्युनिष्टहरु आफूलाई कामदार वर्ग, शोषित पिडित वर्गको प्रतिनिधि ठानेपनि ब्यवहार त्यस्तो नगर्ने उनको दावी छ । नेमकिपा त झन बढी क्रान्तिकारी कुरा गर्ने र कोरिया, क्युवाको आदर्श छट्ने तर, आफूहरु आलिशान महलमा बस्ने र मजदुर किसानलाई बेवास्ता गर्ने उनको आरोप छ । “उहाँहरु मजदुर किसानको प्रतिनिधि भन्नुहुन्छ, त्यही मजदुर किसानको जग्गामा प्लटिङ गरेर आवास विकास गर्नुहुन्छ र कौशी खेतीको प्रवर्दनको नाटक गर्नुहुन्छ । यो भनेको हात्तिको देखाउने र चपाउने दाँत जस्तै हो । के नेमकिपाका नेता कार्यकताहरुको जीवनशैली कुनै पुँजीपतिहरुको भन्दा कम छ ?” उहाँले प्रश्न गर्नु भएको छ ।

सांसद थापाले आफ्ना बारेमा कुनैपनि प्रतिक्रिया लेख्न कुनै छद्मभेषी नाम उल्लेख नगरी खुलमखुल्ला छलफल, बहस गर्न तयार रहेको र त्यसका लागि सक्षम समेत रहेको बताउँदैं यस्ता छद्मभेषी गतिविधिले कदापी विचलित नहुने समेत बताउनु भएको छ ।

“मानिसहरु निश्चय नै अवसरको खोजीमा रहन्छन । अवसरकै खोजीमा संसारका मानिसहरु एक स्थानबाट अर्को स्थानमा बसाईं सरिरहन्छ । नेपाली युवाहरुपनि अवसरको खोजीमा विदेशिनु कुनै नौलो कुरा होइन । यद्यपी नेपालमै युवाहरुले चाहेजस्तो अवसरको सिर्जना गर्ने दायित्व सरकारको हो । तर के यो दायित्व सरकारको मात्र हो ? स्थानीय सरकारको पनि होइन ? हो भने भक्तपुर नगरपालिकाले वर्षेनी कति जनालाई रोजगारी दिए ? के भक्तपुर नगरका युवाहरुलाई विदेश जान नगरपालिका र नेमकिपाले रोक्न सके रु नेमकिपाका नेताहरु स्वयम का छोराछोरी किन विदेशमा पठाएको ? जनताको छोराछोरीलाई विदेश जान हुँदैन भन्ने आफ्नालाई भने त्यही पुँजीपति भनिएका देशमा पठाउने । यस्तो दोहोरो राजनीति कहिलेसम्म चल्छ ?” उहाँले नेतामाथि प्रश्न गर्नुभयो ।

“भक्तपुर नगरभित्र कति कलकारखाना उद्योग खुले ? के भक्तपुर नगरपालिकाले स्वरोजगारको लागि तालिम मात्र दिने हो ? उद्योग खोल्ने वातावरण बनाईनु पर्छ की पर्दैन ? भएको भक्तपुर औद्योगिक क्षेत्रलाई अन्यत्र स्थानान्तरण गर्न लगातार दवाब दिइरहेको नगरपालिकाले कसरी उद्योग कलकारखाना खोलेर रोजगारीको अवसर सिर्जना गर्छ”? उनले प्रश्न गर्नुभयो ।

सांसद थापाले आफ्ना बारेमा कुनैपनि प्रतिक्रिया लेख्न कुनै छद्मभेषी नाम उल्लेख नगरी खुलमखुल्ला छलफल, बहस गर्न तयार रहेको र त्यसका लागि सक्षम समेत रहेको बताउँदैं यस्ता छद्मभेषी गतिविधिले कदापी विचलित नहुने समेत बताउनु भएको छ ।


प्रकाशित | २० भाद्र २०८०, बुधबार १९:३७