सुनको भाउ बढेको बढ्यै : ६० हजार पुग्यो सुनको मूल्य

काठमाडौंः सुनको भाउ बढेको बढ्यै छ । आज भने तोलाको ६० हजार पुगेको छ । चाँदीको मूल्य स्थिर छ । बजारमा बिहीबारको तुलनामा शुक्रबार सुन ३ सय रुपैयाँले बढेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी भने प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भइरहेको छ ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार १५:५५