चाँगुनारायणले विपन्न परिवारलाई विद्युतीय चुल्हो उपलब्ध गराउने, सडक बत्ती जडान कार्यले पायो निरन्तरता

भक्तपुर: चाँगुनारायण नगरपालिकाले विपन्न परिवारलाई विद्युतीय चुल्हो उपलब्ध गराउने भएको छ । नगरपालिकाले सार्वजनीक सरकारी निजी साझेदारीमा सोलार इनर्जी प्लान्ट स्थापना गर्न पहल गर्ने र नगरबासीलाई वैकिल्पिक ऊर्जा प्रयोगका लागि प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने भएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उज्यालो चाँगुनारायणको नीति अनुरुप पर्यटकीय क्षेत्र, सार्वजनीक महत्वका भवन तथा स्थान, बजारक्षेत्र, कालोपत्रे सडक क्षेत्रमा समुदायको साझेदारीमा सडक बत्ती जडान गर्ने कार्यलाई निरन्तरता दिने उल्लेख गरेको छ ।

त्यस्तै, विद्याुत प्राविधिकरणसँगको समन्वय र सहकार्यमा अब्यस्थित तार र पोलहरुलाई ब्यवस्थित गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।


प्रकाशित | २६ असार २०८०, मंगलवार २२:०९