चाँगुनारायण नगरपालिकाले सामुदायिक विद्यालयमा नगर बस साझेदारी कार्यक्रम सञ्चालन गर्न अनुदान दिने

भक्तपुर: चाँगुनारायण नगरपालिकाले सामुदायिक विद्यालयमा नगर विद्यालय बस साझेदारी कार्यक्रम सञ्चालन गर्न अनुदान दिने भएको छ । नगर प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गर्नु भएको हो ।

नगरपालिकाले सबै प्रकारका शिक्षामा पहुँच सुनिश्चित गर्दै सामुदायिक विद्यालय सुधारका विविध शैक्षीक कार्यक्रम सञ्चालन गर्ने, शैक्षीक गुणस्तर सुदृढीकरणका निम्ति लेसन स्टडी कार्यशाला, विद्यार्थी, शिक्षक तथा अभिभावक लक्षित कार्यक्रमलाई प्रभावकारिताका साथ लागू गर्ने नीति लिएको छ ।

शैक्षीक सत्र २०८० सालमा क्रमशः सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षण सिकाई क्रियाकलप थप प्रभावकारी रुपमा सञ्चालन गर्ने, शैक्षीक गुणस्तर बृद्धि गर्न प्रधानाध्यापकसँग करार सम्झौता, विद्यालयको भौतिक एवं शैक्षिक सुधार तथा शिक्षक तालिम कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ ।

शैक्षीक पात्रो निर्माण एवं एकीकृत शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने, प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा सहयोगी कार्यकताहरुका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने, विद्यालयको सघन उपचारात्मक अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन विद्यालय सुपरीवेक्षकको ब्यवस्था मिलाउने, सामुदायिक र संस्थागत विद्यालयहरुबीच आपसी सहयोगात्मक क्रियाकलप सञ्चालन गर्ने नीति पनि लिएको छ ।

त्यस्तै, शिक्षक विद्यार्थी अनुपात ३० कायम गर्ने, बचत खाता छोरीको सुरक्षा जिवनभरिको कार्यक्रमलाई निरन्तरता दिने, विद्यालयको माग तथा आवश्यकतालाई मध्यनजर गर्दै शैक्षिक गुणस्तर अभिबृद्धिका लागि शिक्षक, शिक्षण सहायता कार्यक्रमलाई निरन्तरता दिने, विद्यार्थी शिक्षक उत्प्रेरण बढाउन शिक्षक विद्यार्थी सम्मान कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याव तथा आइटी प्लेटफर्म स्थापना र तालिम प्रदान गर्ने नीति अवलम्बन गर्ने भएको छ ।

त्यस्तैगरि, विद्यालयहरुबीच प्रतिस्पर्धात्मक अतिरिक्त क्रियाकलप लगातय अन्य प्रतिस्पर्धात्मक शैक्षिक क्रियाकलपहरु सञ्चालन गर्ने र नगरस्तरीय विद्यालयस्तरीय विविध खेलकूद कार्यक्रम सञ्चालन गर्नेलगायत शैक्षीक नीति समावेश गरिएको छ ।


प्रकाशित | २० असार २०८०, बुधबार २१:२२