सूर्यविनायकका सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सक्रिय नगरपालिका, नवनियुक्त प्रधानाध्यापकलाई क्षमता अभिबृद्धि तालिम

भक्तपुर : सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर सुर्धान सूर्यविनायक नगरपालिका सक्रितापूर्वक लागिपरेको छ ।

पछिल्लो समय नेपालमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्त गरेर चर्चा कमाएको सूर्यविनायकले शैक्षीक गुणस्तर सुधार्न नवनियुक्त प्रधानाध्यापकरुको क्षमता अभिबृद्धिमा जोड दिएको छ ।

This image has an empty alt attribute; its file name is IMG_8428-1024x683.jpg

प्रा.डा मन प्रसाद वाग्ले, डा धनपति सुवेदी, डा रेबत कुमार ढकालको टिमले शनिबार नवनियुक्त प्रधानअध्यापकहरुलाई उच्चस्तरको तालिम प्रदान गर्नु भयो । सो अवसरमा बोल्नुहुँदै सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर सुधार्न जस्तोसुकै सहयोगको लागि तयार रहेको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 1-1-1024x612.jpg

सामुदायिक विद्यालयलाई देशभरका स्थानीय तहमध्येकै नमूना बनाउने र शैक्षीक गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यका साथ खुल्ला प्रतिस्पर्धाबाट विज्ञ टोलीले प्रधानाध्यापक नियुक्त गरिएको बताउँदै शिक्षा जस्तो पवित्र क्षेत्रमा राजनीति गर्न नहुने मान्यताका साथ अगाडि बढेको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is IMG_8448-1024x683.jpg

उहाँले नगरपालिकाले विना भेदभाव राम्रा, सबल, सक्षम तथा योग्य ब्यक्तीलाई अगाडि बढाएर सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर अभिबृद्धि गर्न लागिपरेको स्पष्ट पार्नुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुधार गर्न जति बजेट राख्न पनि नगरपालिका तयार रहेको र यसका लागि नगरपालिको पूरै टिम एकढिक्का रहेको बताउनुहँदै अब सूर्यविनायकका सामुदायिक विद्यालयले नमूना बनेर देशभरका स्थानीय तहलाई सन्देश दिनुपर्नेमा जोड दिनुभयो ।

शिक्षाविद् डा. बाग्लेले सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने र प्रविधिमा जोड दिने सकेमा विद्यार्थी संख्या बढ्ने भन्दै नवनियुक्त प्रधानाध्यापकहरुलाई सिकाई उपलब्धी हासिल गर्न के के गर्नुपर्छ भन्ने जस्ता विषयमा तालिम प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले सूर्यविनायक नगरपालिकाले शिक्षामा गुणस्तर चाहेको र विद्यालयमा विद्यार्थी संख्या बढून भन्ने चाहेको बताउनुहुँदै नवनियुक्त प्रधानाध्यापकहरुले राम्रो नतिजा निकाल्न सपल हुनुपर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अधिकृत श्रीधर केसीले प्रधानाध्यापकहरुको साथमा सिंगो नगरपालिका रहेको बताउनुहुँदै सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर अभिबृद्धिका लागि नगरपालिकाले दिने सेवा सुविधा र तालिम दिन तयार रहेको बताउनुभयो ।

सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता रविन्द्र सापकोटाले पालिकाले अपनत्व लिएर खुल्ला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्त गरिएको बताउनुहुँदै अबको एक वर्षपछि यसको मूल्यांकन हुने भएकाले सचेत भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

उहाँले विद्यार्थीको सिकाई उपलब्धी हासिल गरेसँगै यो प्रयास सफल हुने बताउनुभयो । नगरपालिकाले लिएको लक्ष्य प्राप्ति गर्न हरेक सामुदायिक विद्यालयले निजी विद्यालयलाई जित्नुपर्नेमा उहाँले जोड समेत दिनुभयो ।

कार्यक्रममा वडा नंं २ का वडाध्यक्ष प्रदिप कार्कीले नगरपालिकाले गर्ने सबै खालको सहयोग गर्न तयार रहेको र प्रधानाध्यापहरुले पनि क्षमता अभिबृद्धिमा ध्यान दिएर गुणस्तर सुर्धान लागिपर्नु पर्ने बताउनुभयो ।

सोही कार्यक्रममको अवसरमा सूर्यविनायक नगरपालिकाका सामुदायिक विद्यालयमा शैक्षीक गुणस्तर अभिबृद्धिका लागि नगरपालिका र काठमाडौं विश्वविद्यालयबीच सम्झौता समेत भएको छ ।

सम्झौतामा नगरपालिकाका नगर प्रमुख बासुदेव थापा र काठमाडौं विश्वविद्यालयका प्रा. डा. मनप्रसाद वाग्लेले हस्ताक्षर गर्नु भएको छ ।

सहमतिअनुसार केयूले सूर्यविनायक नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर अभिबृद्धिका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।


प्रकाशित | ३१ बैशाख २०८०, आईतवार ०८:३०