सूर्यविनायक नगरपालिका र वान टु वाचबिच सम्झौता, सहकार्य गर्न पाएकोमा राजदूत क्यापलरद्धारा खुसी ब्यक्त

भक्तपुर: सूर्यविनायक नगरपालिका र वान टु वाचबिच सम्झौता भएको छ । वान टु वाचले सूर्यविनायक नगरपालिकालाई बीडीएस मार्फत साना तथा मझौला उद्योगहरूलाई सहयोग गर्न स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन एसडीसीसँग सम्झौतामा हस्ताक्षर गरेको हो ।

वान टु वाचले सूर्यविनायक नगरपालिकासँगको संयुक्त सहकार्यमा नगरपालिकाका ब्यवसायीलाई तालिम प्रदान गर्ने र ब्यवसाय प्रबद्र्धनका लागि बैकहरुबाट सहुलियत दरमा ऋण उपलब्ध गराउनेलगायतका काम गर्नेछ ।

वान टु वाचले लगानीको सम्भावना रहेका कम्पनीहरूको पहिचान गर्ने तथा उनीहरूलाई विदेशी लगानीकर्ताहरूबाट लगानीका लागि सम्पर्क सञ्जाल उपलब्ध गराउने भूमिका पनि निर्वाह गर्नेछ ।

उता नेपालको लागि स्वीजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले एक ट्वीट गर्दै वान टु वाचमार्फत सूर्यविनायक नगरपालिकाको व्यापार ब्यवसाय अभिबृद्धि गर्नका लागि सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनु भएको छ ।


प्रकाशित | १५ बैशाख २०८०, शुक्रबार २०:०१