एसीसी प्रिमियर कप आजबाट सुरु हुदै

काठमाडौं  -नेपालमा आज मंगलबारबाट एसीसी प्रिमियर कप सुरु हुदैछ । आज उद्घाटनको दिन दुई खेलमा एक खेल काठमाडौंको मुलपानी मैदान र अर्को खेल टियु मैदानमा १/१ आयोजना हुदैछ।

घरेलु टोली नेपालले एसिसी प्रिमियर कपको पहिलो खेलमा आज मलेसियासँग खेल्दैछ । खेल बिहान ९ बजे टियु मैदान सुरुहुनेछ । त्यस्तै मुलपानी मैदानमा हुने खेलमा हङकङ र सिंगापुरबीच खेल हुदैछ । यो खेल मुलपानी मैदानमा आयोजना हुने पहिलो अन्तराष्ट्रिय खेल पनि हो ।

दुवै खेल बिहान नौ बजे सुरु हुनेछ । फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १र१ खेल हुनेछ । प्रतियोगिता वैशाख १८ गते सम्म संचालन हुनेछ ।


प्रकाशित | ५ बैशाख २०८०, मंगलवार ०८:३१