कसपालको निधनमा सोमबार शोक बिदा दिने सूर्यविनायक नगरपालिकाको निर्णय

भक्तपुर । सूर्यविनायक नगरपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको वडा नंं. ३ कार्यालयमा कार्यरत वरिष्ठ सहायक कृष्ण कसपालको असामयीक निधनमा शोक बिदा दिने निर्णय गरिएको हो ।

नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाका अनुसार नगरपालिका प्रमुख बासुदेव थापाको अध्यक्षतामा आइतबार बसेको १४४ औ नगर कार्यपालिकाको बैठकले शोक बिदा दिने निर्णय गरेको हो ।

This image has an empty alt attribute; its file name is sardhanjani2-768x1024.jpg

त्यस्तै, मेयर बासुदेव थापा, उपमेयर सरिता तिमिल्सिना भट्टराई र कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कँडेल लगायतले शद्धाञ्जली ब्यक्त गर्दै स्वर्गीय कसपालको तस्विरमा माल्यर्पण गर्नु भएको थियो ।


प्रकाशित | ३ बैशाख २०८०, आईतवार १८:२५