कागेश्वरीमा नव दुर्गा मन्दिर उद्घाटन(फोटोफिचर सहित)

काठमाडौँ -कागेश्वरी नगरपालिका–७ बिरेन्द्रचोक स्थित नवदुर्गा टोलमा निर्माण गरिएको नव दुर्गाभगवती मन्दिरको उद्घाटन गरिएको छ ।

मन्दिरको उद्घाटन कागेश्वरी नगरपालिका प्रमुख उपेन्द्र कार्कीले गर्नुभएको थियो । प्रमुख अथितिलाई स्थानीयले बाजागाजाले स्वागत गरेका थिए ।

नवदुर्गा मन्दिर निर्माण समितिका अध्यक्ष गोबिन्द नारायण भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा कागेश्वरी नगरपालिका उपप्रमुख शान्ता थापा, कागेश्वरी नगरपालिका–७ का वडा अध्यक्ष भिमसेन थापा, वडा ७ का पूर्व वडाअध्यक्ष,काडाघारी प्रहरी प्रभागका बरिष्ठ प्रहरी नायब निरिक्षक लक्ष्मी पाठक, नव दुर्गा मन्दिर व्यस्थापन समितिका आर्थिक संयोजक कर्णराज कटवाल लगाएतले बोल्नु भएको थियो ।

कागेश्वरी मनोहरा नगरपालिका र स्थानीयबासीबाट संकलित  रकम सहित करिब २२ लाख लागतमा मन्दिरको निर्माण गरिएको हो ।रकमबाट मन्दिरको निर्माण गरिएको हो ।साथै सो अवसरमा कलश यात्रा निकालिएको थियो ।


प्रकाशित | १२ चैत्र २०७९, आईतवार २३:४३