नेपालले एसिसी प्रिमियर कपमा एक खेल मुलपानी क्रिकेट रंगशालामा खेल्ने

काठमाडौं –नेपालले एसिसी प्रिमियर कपमा एक खेल मुलपानी क्रिकेट रंगशाला खेल्ने भएको छ । वैशाख ५ देखि १८ गतेसम्म हुने प्रतियोगितामा १० देश प्रतिस्पर्धा गर्नेछन्।

नेपालले मुलपानीमा क्रिकेट रंगशालामा साउदी अरेवियासँग वैशाख ११ (अप्रिल २४मा) खेल्नेछ भने बाँकी तीन खेल त्रिवि क्रिकेट मैदानमा खेल्नु पर्नेछ ।

नेपाल रहेको समूह ‘ए’ मा ओमन, कतार, मलेशिया र साउदी अरब छन्। त्यस्तै, समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

उद्घाटन खेल त्रिवि क्रिकेट मैदानमा वैशाख ५ गते नेपाल र मलेशियाबीच हुनेछ। सेमिफाइनल खेल वैशाख १६ गते र तेस्रो स्थानका लागि वैशाख १७ गते प्रतिस्पर्धा हुनेछ। फाइनल खेल वैशाख १८ गते तय गरिएको छ।

प्रतियोगिताको विजेता टोलीले एशिया कप खेल्न पाउनेछ। एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बाङ्लादेश र अफगानिस्तानसँगै एसीसी प्रिमियर कपको विजेता टोली प्रतिस्पर्धा गर्नेछ। 


प्रकाशित | ९ चैत्र २०७९, बिहीबार १९:३४