काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेजविनायक माध्यामीक विद्यालयले हात पारेको छ । उपाधि विजेता तेजविनायकले शिल्डसहित नगद ५० हजार समेत प्राप्त गरेको छ ।
कागेश्वरी मनोहराका मेयर उपेन्द्र कार्कीले सोमबार गान्दी आदर्श माध्यामीक विद्यालयमा आयोजित समापन समारोहका बीच उपाधि विजेतालाई नगदसहित शिल्ड प्रदान गर्नुभयो ।
त्यस्तै, आनन्द भैरव मावि दोस्रो, नेपाल राष्ट्रिय निर्माण मावि र सिद्धि गणेश मावि तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । दोस्रो हुने आनन्द भैरवलाई ३० हजार र तेस्रो हुने नेपाल राष्ट्रिय निर्माण र सिद्धि गणेशलाई वरावर २० हजार नगदसहित प्रदान गरिएको थियो ।
प्रतियोगिता गत शुक्रबारबाट मूलपानी चौरमा उद्घाटनसँगै शूरु गरिएको थियो । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, सबैका लागि खेलकुदू भन्ने मुल नारा’को साथ शूरु प्रतियोगितामा ३५ विद्यालयका सयौ विद्यार्थी सहभागि थिए भने ७ बिधा अन्तर्गतका खेल खेलाइएको थियो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै मेयर कार्कीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा देखिएको उत्साह र सहभागिताले थप हौसल्ला मिलेको बताउँदै आगामी दिनमा कागेश्वरी मनोहरालाई खेलकुद नगरीको रुपमा विकास गरिछाड्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रम आयोजक समितिका संयोजक एवं वडा नंं ७ का वडाध्यक्ष भीमसेन थापाले प्रतियोगिता भब्य र उल्लासमय वातावरणमा सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नुहुँदै सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
विद्यार्थीहरुले नृत्य पनि प्रस्तुत गरेको कार्यक्रममा विभिन्न संघसस्था तथा ब्यक्तीत्वहरुलाई सम्मान पनि गरिएको थियो । साथै उद्घाटन सत्रको मार्चपास प्रतियोगितामा विजयी विद्यालयलाई पुरस्कार समेत वितरण गरिएको थियो ।





































प्रकाशित | ८ फाल्गुन २०७९, सोमबार २३:२८