संसद भवन अगाडि फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

काठमाडौँ– नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु निष्क्रिय पारेको हो । त्रास फैलाउनका लागि बम भन्दै उक्त कुकर राखिएको महानगरीय प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

एमसीसीको विरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ सहितका पाँच राजनीतिक दल र दुई मोर्चाले आज नेपाल बन्दको आयोजना गरेका थिए। सोही क्रममा शंकास्पद बस्तु फेला परेको हो ।


प्रकाशित | १६ फाल्गुन २०७८, सोमबार १३:४८