कांग्रेसलाई आउने निर्वाचनमा एक्लै जित्न सक्ने पार्टी बनाउँछौँ : प्रवक्ता महत

काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आउने निर्वाचन एक्लै जित्न सक्ने पार्टी बनाउने बताउनु भएको छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले अहिलेको चुनौतीलाई अवसरका रुपमा परिणत गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आउने निर्वाचनमा एक्लै जित्न सक्ने पार्टीको रुपमा रुपान्तरण गर्ने लक्ष्यका साथ काम गछौँ ।’  गठबन्धन टुट्नुमा कांग्रेस दोषी नभएको पनि उहाँले बताउनुभयो । प्रचण्डले गठबन्धन छाडेर जानुमा कांग्रेसको कुनै दोष नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘प्रचण्डजीले गठबन्धन छाडेर जानुभयो । उहाँ आफ्नो प्रतिबद्धताविपरीत किन गठबन्धन छाडेर जानुभयो भन्नेबारे विश्लेषण हुँदै जालान् । तर हामी कहीँ कतै पनि विचलित भएका छैनौँ। हामीले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने तर्फ पनि ध्यान दिएनौँ ।’


प्रकाशित | २० पुष २०७९, बुधबार १९:०८