आफैँले बनाइरहेको बम बिस्फोट हुँदा दुई जना घाइते

पर्वत : पर्वतमा आफैँले बनाइरहेको बम बिस्फोट हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको विहादी गाउँपालिका ६ शालिग्राम छापमा आफैँले बनाइरहेको बम बिस्फोट हुँदा दुई युवा गम्भीर घाइते भएका हुन । घाइते हुनेमा २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना छन् । आइतबार साँँझ जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा आफनै घरमा बम बिस्फोट भएको थियो । घाइते दुर्वैको उपचार भइरहेको छ । उनीहरुलाई प्रहरी नियन्त्रणमा राखेर उपचार गराइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार १०:०३