काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गर्नु भएको छ । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजीत भएपछि सञ्चरकर्मीसँग कुराकानीमा महामन्त्री थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गर्नु भएको हो ।
थापाले कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन भने पहल गर्ने बताउनुभयो । ‘सरकारमा अरु साथीहरू जानुहुन्छ । म त फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु’, उहाँले भन्नुभयो ।
सञ्चारकर्मीको प्रश्नमा थापाले निर्वाचन परिणाम अनपेक्षित आएको बताउनुभयो । परिणाम जे आए पनि आफू निरन्तर रुपान्तरणको पक्षमा भने रहने उहाँले बताउनुभयो ।
प्रकाशित | ६ पुष २०७९, बुधबार ११:५८