दोलखाको निर्वाचन शान्तिपूर्ण, मतदाताको उत्साहजनक सहभागिता

दोलखा : दोलखामा अहिलेसम्म निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । बिहान ७ बजेदेखि शूरु मतदान शान्तिपूर्ण रुपमा भइरहेको हो । बिहानैदेखि लाईनमा बसेका मतदाताले निकै उत्साहका साथ मतदानमा सहभागि भइरहेका छन् । 

May be an image of 9 people, people standing and outdoors

मंसिर ४ गते बुथ कब्ब्जा भएका मतदान केन्न्द्रमा आज भइरहेको पुनः निर्वाचनमा स्थानीयको बाक्लो सहभागिता छ भने पहिलो पटक आफ्नो मत आफै हाल्न पाउँदा उनीहरु असाध्यै खुसी देखिएका छन् । अहिलेसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ भने मतदाताले निर्धक्कका साथ मत राख्न पाइरहेको बताएका छन् ।

May be an image of 11 people, people standing and outdoors

दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख, ग र तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख मा गरि १० केन्द्रमा मतदान भइरहेको छ ।

May be an image of 14 people, people standing, tree and outdoors

मतदान केन्द्रमा कुल ८ हजार ५ सय १४ जना मतदाता रहेका छन् । १० मतदान केन्द्रमा अहिलेसम्म ६० प्रतिशत भन्दा बढी मतदान भइसकेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । 

May be an image of 1 person, standing and outdoors

 नेकपा एमाले दोलखाका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले स्वतन्त्र, शान्तिपूर्ण, र भयरहित निर्वाचनको पक्षमा सहयोग गर्न सबैमा अपिल समेत गर्नु भएको छ । तस्विर : दिनेश थापा


प्रकाशित | १५ मंसिर २०७९, बिहीबार १५:२१