हर्षोल्लासका साथ दोलखामा पुनः मतदान जारी, उम्मेदवार बालकृष्ण शिवाकोटीद्धारा मतदान केन्द्रको अवलोकन

दोलखा: दोलखामा हर्षोल्लासका साथ पुन: मतदान जारी छ । बिहानैदेखि लाईनमा बसेका मतदाताले निकै उत्साहका साथ मतदानमा सहभागि भइरहेका छन् ।

This image has an empty alt attribute; its file name is 2-768x1024.jpg

मंसिर ४ गते बुथ कब्ब्जा भएका मतदान केन्न्द्रमा आज भइरहेको पुनः निर्वाचनमा स्थानीयको बाक्लो सहभागिता छ भने पहिलो पटक आफ्नो मत आफै हाल्न पाउँदा उनीहरु असाध्यै खुसी देखिएका छन् । अहिलेसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ भने मतदाताले निर्धक्का साथ मत राख्न पाइरहेको बताएका छन् ।

This image has an empty alt attribute; its file name is 4.jpg

नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले विभिन्न मतदान केन्द्रमा अवलोकन गर्नु भएको । उम्मेदवार शिवाकोटीले मतदान केन्द्रको अवलोकन गर्नुहुँदै मतदातासँग भलाकुसारी गर्नु भएको छ ।

This image has an empty alt attribute; its file name is 8-1024x768.jpg

मतदान केन्द्रमा पुग्नु भएको उम्मेदवार शिवाकोटीलाई मतदानमा सहभागि मतदाताले पुनः मतदानको वातावरण बनाएको प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।

This image has an empty alt attribute; its file name is 3-768x1024.jpg

उम्मेदवार शिवाकोटीले तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख को अवलोकन गरिसक्नु भएको छ । उम्मेदवार शिवाकोटी वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख, ग मा पनि पुग्दै हुनुहुन्छ ।

May be an image of 4 people, people standing and outdoors


प्रकाशित | १५ मंसिर २०७९, बिहीबार ०९:५०