काठमाडौं-८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित

काठमाडौं । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित हुनु भएको छ । श्रेष्ठ १० हजार १ सय ५ मतले विजयी हुनु भएको हो । विराजभक्त यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभाका सांसद हुनुहुन्थ्यो ।

उहाँको निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनु भयो । उता नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएर तेस्रो हुनुभयो ।


प्रकाशित | ७ मंसिर २०७९, बुधबार ०६:३१