दोलखामा एमालेको जीत सुनीश्चित छ: लालकुमार केसी

दोलखा एमालेको लालकिल्ला हो भन्नेमा दुईमत छैन । गएको स्थानीय तहको निर्वाचनमा प्राविधिक रुपमा ९ वटा स्थानीय तहमध्ये २ वटामा विजयी भए पनि जनमतको हिसावले उपाध्यक्षसहित जनप्रतिनिधिहरुको मतलाई आधार मान्दा हाम्रो संगठन निकै ब्यापक र संगठीत छ भन्ने पुष्टि गर्छ । अर्कोतर्फ हाम्रो सबै पालिका, वडा, जनवर्गीय संगठन र ठूलो जनशक्ती छ जुन जनशक्ती निकै सशक्त ढंगले लागिपरेको छ । हाम्रो भित्र विगतमा केहि अन्तरविरोध भए पनि अहिले पार्टी एकढिक्का भएर उम्मेदवारलाई विजयी गराउन लाग्नु भएको छ । यो पटक पार्टीको चुनावी अभियान पनि ब्यापक बनेको छ र त्यहीअनुसारको माहोल पनि तातेको छ ।

नेकपा एमाले दोलखाले यो पटक युवा र नयाँ पुस्तालाई अगााडि सारेको छ । जस्तो प्रतिनिधिसभा तर्फ लामो समयदेखि राजनीतिमा क्रियाशील इमानदार तथा सफल ब्यवसायी बालकृष्ण शिवाकोटी, प्रदेश सभातर्फ भरत केसी र नर बहादुर श्रेष्ठ हुनुहुन्छ । उहाँहरु तीनै जना नयाँ अनुहार हुनुहुन्छ ।

अर्को तर्फ, विपक्षीका उम्मेदवार पनि जिल्लामा केहि उल्लेखनीय योगदान गरेका ब्यक्ती छैनन भने उनीहरुको खासै चहलपहल पनि देखिएन । गठबन्धन भनेपछि उनीहरुको जुन माहोल देखिनुपथ्यो त्यो उत्साह गठबन्धनमा देखिएन । एमालेको जीत सुनीश्चित छ भन्ने कुरा जिल्लाका ७४ वटै वडा फन्को लगाइसके पछिको माहोल र जनताको उत्साहले देखाइसकेको छ ।

जिल्लाका हरेक ठाउँलाई नजिकबााट बुझ्ने मेरो विश्वासीला साथीहरुले बताउनु भए अनुसार पनि एमालेको शानदार जीत भइसकेको सूचना पाएको छु । यो हाम्रो लागि खुसीको कुरा हो । दोलखामा पार्टी संगठनले गरेको र विगतमा हामीले खेलेको योगदानको अहिले पनि जनताले कदर गरिरहेका छन् भने दिर्घकालीन सोचका साथ एमालेले विगतमा ल्याएका योजनाले संगठनलाई थप मजबुत बनाएको देखिन्छ ।


प्रकाशित | १ मंसिर २०७९, बिहीबार १७:२३