सूर्यविनायक नगर कार्यपालिका सदस्यमा एमालेका सबै उम्मेदवार विजयी

भक्तपुर : सूर्यविनायक नगरपालिकाको नगर कार्यपालिकामा एमालेका सबै उम्मेदवार विजयी भएका छन् । सूर्यविनायक प्राणी उद्यानको कार्यालयस्थित निर्वाचत अधिकृतको कार्यालय आज भएको मतदानमा एमालेले कूल ३३ मत प्राप्त गर्दै कार्यपालिकामा सबै सदस्यहरु विजयी हासिल गरेको हो ।

This image has an empty alt attribute; its file name is suryabinyak-nagarkaryapalika-1024x768.jpg

कूल ५१ मत रहेकोमा एमालेले ३३ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारले १८ मत प्राप्त गरेका छन् । कार्यपालिका सदस्यहरु पाँच जना महिलातर्फ कमला पोखरेल, तारा सापकोटा, शर्मिला बस्नेत, हेमा दाहाल खतिवडा, साबित्री मिश्र विजयी हुनु भएको छ ।

This image has an empty alt attribute; its file name is 1-4-1024x766.jpg

त्यस्तै, दलित एवं अल्पसंख्यकतर्फ सुमन परियार, प्रजुन त्रिखती, अल्पसंख्यकतर्फ सुनिल भुजेल निर्वाचित हुनु भएको छ । विजयी सदस्यहरुलाई निर्वाचत अधिकृत सरिता कुमारी खतिवडाले प्रमाणपत्र प्रदान गर्नु भयो भने नगर प्रमुख वासुदेव थापाले सपथ ग्रहण गराउनु भएको थियो ।


प्रकाशित | १७ जेष्ठ २०७९, मंगलवार १८:३६