स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड रुपैयाँ बजेट

काठमाण्डौ: सरकारले आउँदो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रका लागि एक खर्ब तीन अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरेको बजेटबारे जानकारी दिनु भयो ।

कुल बजेटमध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ, प्रदेशमा ६ अर्ब ३६ करोड रुपैयाँ र पालिकाका लागि २७ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको मन्त्री शर्माले जानकारी गराउनु भयो । सरकारले सुत्केरीलाई पोषण भत्ता, ४० वर्ष नाघेका नागरिकको स्वास्थ्य परीक्षण, एक चिकित्सक एक अस्पताल लगायतका लोकप्रिय कार्यक्रम अघि सारेको छ ।


प्रकाशित | १५ जेष्ठ २०७९, आईतवार १८:११