जर्मनीमा ३३ औं ‘नेपाल दिवस’ मनाइदै

जर्मनी । जर्मनीमा ३३ औं नेपाल दिवस शनिबार मनाइदैं छ । जर्मन-नेपाल मैत्री संघद्वारा ‘नेपाली डायसपोरा: नेपाल जोड्ने साँघु” विषयमा आयोजित कार्यक्रमलाई जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का , गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार जीवा लामिछाने, अर्थशास्त्री प्रा. विश्वम्भर प्याकु-याल, गायिका आनी चोयिंग ड्रोल्मा लगायतले सम्बोधन गर्नु हुनेछ ।

कार्यक्रममा डा. कार्ल हेंज क्रेमर, प्रा. मलख श्रेष्ठ, क्लाउस मायर, हान्स गुन्टर क्रेंज, राजिता बानिया, नरेश हिमालले विभिन्न विषयमा प्रस्तुति दिनु हुनेछ ।

उक्त कार्यक्रम जर्मनी र नेपाललाई जोड्ने एक भरपर्दो सेतु भएको जर्मन-नेपाल मैत्री संघका अध्यक्ष तथा जर्मनीका लागि नेपाली महावाणिज्यदूत राम प्रताप थापाले बताउनु भयो । मे १९९० मा पहिलो पटक जर्मनीको कोल्न शहरमा ‘नेपाल दिवस’ आयोजना गरिएको थियो।

No photo description available.

प्रकाशित | १४ जेष्ठ २०७९, शनिबार १२:५४