सूर्यविनायकका नवनिर्वाचीत मेयर बासुदेव थापासहित जनप्रतिनिधिद्धारा पदभार ग्रहण (फोटोफिचरसहित)

भक्तपुर: भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापासहित नवनिर्वाचीत जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । नगरपालिकामा सोमबार आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको हो ।

मेयर थापालाई मुख्य निर्वाचत अधिकृत गोपाल प्रसाद बाँस्तोलाले पद तथा गोपनीयतको सपथ गराउनु भयो भने मेयर थापाले उपमेयर सरिता भट्टराईलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । कार्यक्रममा सवै वडाका वडाध्यक्षहरुले आफ्नो प्रतिवद्धताहरु जाहेर गर्नुभएको थियो ।

नगरपालिकामा एमालेको तर्फबाट मेयरमा बासुदेव थापा, उपमेयरमा सरिता भट्टराईसहित पाँच वडाध्यक्ष गरी ३३ जना जनप्रतिनिधिहरु निर्वाचित हुनुभएको थियो भने कांग्रेसबाट पाँच जना वडाध्यक्ष सहित १९ जना जनप्रतिनिधिहरु निर्वाचित हुनुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सङ्घीय सांसद महेश बस्नेत, प्रदेश सांसद शशीजंग थापा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेलका साथै निर्वाचन आयोगका अधिकारीहरूको उपस्थिति रहेको थियो।


प्रकाशित | ९ जेष्ठ २०७९, सोमबार १८:४०