चाँगुनारायणको मेयरमा कांग्रेसका खत्री र उपमेयरमा एमालेका बुढाथोकी विजयी

भक्तपुर: चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री विजयी हुनु भएको छ । खत्री ९ हजार ५५० मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्धन्द्धी एमालेकी विणा बास्तोलाले ९ हजार १६० मत पाउनु भयो भने राप्रपाका रविन्द्र प्रताप शाहले ८ हजार ६७ मत पाउनु भयो ।

त्यस्तै, नेमकिपाका केशव प्रसाद तिमिल्सिनाले ३ हजार २६७, नेकपा माओवादी केन्द्रका नरेश खड्काले ८६८, राप्रपा नेपालका विष्णु प्रसाद तिमिल्सिनाले ९७ मत पाउनु भयो ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेका उम्मेदवार रमेश बुढाथोकी बिजयी हुनु भयो । बुढाथोकीले ११ हजार १०० मत प्राप्त गर्नु भयो भने उहाँको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सुभद्रा काफ्लेले १० हजार २४७ मत ल्याउनु भयो ।


प्रकाशित | ४ जेष्ठ २०७९, बुधबार ०९:०२