सूर्यविनायक वडा नं. १ मा एमालेका कायस्थ विजयी

भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नं. १ मा एमालेका तर्फबाट सानुकाजी कायस्थ विजयी हुनु भएको छ । कायस्थले १३ सय १० मत ल्याएर वडाध्यक्षमा पुन विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिस्पर्धी राप्रपाका शेखर थापाले ११ सय ३० मत प्राप्त गर्नु भयो ।

एमालेले वडा अध्यक्ष सहित खुल्ला महिला सदस्य, दलित महिला सदस्य, खुल्ला वडा सदस्यले विजय हासिल गरेको छ । खुल्ला वडा सदस्य जोर चिन्हमा भने नेपाली कांग्रेसले विजय हासिल गरेको छ। 

No description available.

प्रकाशित | १ जेष्ठ २०७९, आईतवार १०:४६