मध्यपुर थिमि मेयरमा कांग्रेस ६८६ मतले अगाडि, उपमेयरमा भने एमालेको अग्रता

भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा कांग्रेसका सुरेन्द्र श्रेष्ठले ६८६ मतका साथ अग्रता कायम राख्नु भएको छ । वडा नं. २ को मत गनीसक्दा श्रेष्ठले अग्रता बढाउँदै लग्नु भएको हो ।

श्रेष्ठले २ हजार ७ सय ९९ मत पाएर अग्रता लिनु भएको छ भने एमालेका मदनसुन्दर श्रेष्ठले २ हजार १ सय १३ मतसहित पछ्याई रहनु भएको छ ।

उपप्रमुखमा नेकपा एमालेका उत्तरा नेपालले ८१७ मतका साथ अग्रता कायम राख्नु भएको छ । नेपालले २४ सय ७० मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १६ सय ५३ मत ल्याउनु भएको छ ।

यसअघि थिमि–१ को वडाअध्यक्षमा नेपाली काँग्रेसका बाबुकाजी डंगोल १७ सय ६ मतसहित विजयी हुनु भएको थियो । वडा नं २ मा नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी हुनु भएको छ ।


प्रकाशित | १ जेष्ठ २०७९, आईतवार ०७:५७