खोइ गाउँका बालबालिका ?, गाउँले भन्छन्, कि गुम्बाले लान्छन्, कि चर्चले

काठमाडौं : गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्— छन्, तर सहरमा। अथवा गुम्बामा। अथवा चर्चमा। किनभने धर्मगुरुहरूले कसको घरमा बच्चा हुर्किंदै छ भन्ने पहिला अध्ययन गर्छन्। बच्चाको नाम टिप्छन्। अनि हुर्किएपछि उनीहरूलाई काठमाडौंका थानकोट, गागलफेदी, फर्पिङ, चोभार आदि स्थान अथवा भारतसम्मै पनि पुर्‍याउँछन्। गुम्बा र चर्चका एजेन्टले हुर्केका गाउँका बालबालिका सहर लगिदिएकैले चुमनुब्रीका विद्यालय धमाधम बन्द हुन थालेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार ०८:०२