आईपीएल: मिश्राको घातक बलिङमा दिल्लीलाई सामान्य लक्ष्य

एजेन्सी : लेग स्पिनर अमित मिश्राले घातक बलिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले घरेलु टोली दिल्ली क्यापिटल्सलाई १ सय १६ रनको सामान्य लक्ष्य दिएको छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रन बनायो । राजस्थानका लागि युवा खेलाडी रियान परागले रनको अर्ध शतकीयत इनिङ्ग खेल्दै राजस्थानलाई सम्मानजनक अवस्थामा पुर्याए ।

पराग आईपीएलमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी पनि बने । उनले १७ वर्ष १ सय ७५ दिनको उमेरमा अर्धशतक बनाए । अन्तिम बलमा ट्रेन्ट बोल्टले शेरफेन रदरफोर्डबाट क्याच गराउनु अघि परागले ४९ बलको सामना गरि ४ चौका र २ छक्का प्रहार गरे । अन्य कुैनपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

लियाम लिभिङ्गस्टोन १४,कप्तान अजिंक्या रहाणे २,सन्जु स्यामसन ५,श्रेयस गोपाल १२,स्टुअर्ट बिन्नी सुन्यमा आउट भए । कृष्णप्पा गौतम र इश सोधीले समान ६ रन बटुले । अमित मिश्राले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै इशान्त शर्माले ३,ट्रेन्ट बोल्टको नाममा २ विकेट रह्यो ।


प्रकाशित | २१ बैशाख २०७६, शनिबार १९:०३