एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाण्डौ : नेकपा एमालेले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गरेको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नु भएको हो ।

एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगतमा गरेका काम र अब चुनाव जितेपछि गर्ने कामका विषयवस्तु समेटेको छ । एमालेले सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिकादेखि जनप्रतिनिधि शासक होइन जनताका सेवक हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।

 एमालेले केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको प्रतिबद्धता पत्र पनि सार्वजनिक भइरहेको जनाएको छ ।  घोषणापत्र सार्वजनिक कार्यक्रममा एमालेले कम्युनिस्ट आन्दोलनमा विभिन्न क्षेत्रबाट योगदान गर्ने १७ जना योद्धालाई सम्मान समेत गरेको छ ।


प्रकाशित | ९ बैशाख २०७९, शुक्रबार २०:५६