दोहा : इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारमा बन्दी जीवन व्यतित गरिरहेका २१ नेपालीले क्षमादान पाएका छन् ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहेका २१ नेपालीहरुलाई क्षमादान गरेको कतारको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
क्षमादान पाउनेहरुमा यौनजन्य क्रियाकलापमा ३ जना, चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रिवितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भोगिरहेकाहरु छन् ।
प्रकाशित | ६ बैशाख २०७९, मंगलवार १७:३४