काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ४२ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २० पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित | १४ चैत्र २०७८, सोमबार ०८:४९